
झापा । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष– २०८१’मा सहयोग जुट्ने क्रम जारी रहेको छ ।
संघले १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी थालेको अभियानमा बिर्तामोडका उद्योगी, व्यवसायी तथा सामाजिक व्यक्तित्वहरूले कामको प्रशंसा गर्दै कोष वृद्धिमा सहयोग गर्दै आएका छन् ।
यसै क्रममा संघका कार्यसमिति सदस्य द्वय डिल्लीराम कोइराला र विश्वेश्वरप्रसाद बजगाईँ (विपिन)ले आफ्नो जन्मदिनको अवसरमा ‘व्यवसायिक सदस्य राहत कोष’ मा रकम प्रदान गरेका छन् ।
संघका अध्यक्ष राजु न्यौपानेका अनुसार कोइराला र बजगाईँद्वयले कोषमा जम्मा हुने गरी जनही ५५ हजार ५ सय ५५ रुपैयाँको चेक प्रदान गरेका छन् ।
सो अवसरमा उनीहरूलाई संघले जन्मदिनको शुभकामना सहित कद पत्रद्वारा सम्मान गरेको छ ।

























