विराटनगरको वाईआरसीसीलाई इण्डो–नेपाल क्रिकेटको उपाधि 

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३०, शनिबार १९:५३

विराटनगर । चौथो मिल्स कप इण्डो –नेपाल टी २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले जितेको छ ।

प्रतियोगिताअन्तर्गत शनिबार विराटनगर जुट मिलको खेल मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको विराटनगरले पाहुना टोली भारत पटनाको हाइपर क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै उपाधि जितेको हो ।

जितसँगै विराटनगरले २ लाख १ हजार रुपैयाँ र उपविजेता पटनाले १ लाख १ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको पटनाले १६ ओभर ३ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय १ रन बनायो । सुदर्शन कुमारले ४६ रन, पुरुषोत्तम कुमारले १६ रन र नन्द किशोरले ११ रन बनाए ।

बलिङमा विराटनगरका हेमन्त धामी र राम नरेश गिरीले समान ३–३ विकेट लिए ।

विराटनगरले पाएको १ सय २ रनको लक्ष्य ८ ओभरमा २ विकेट गुमाउँदै विजयी भयो । ७२ रन बनाएका इमरान शेखले प्लेयर अफ द म्याच हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे भने शुभ कंसकारले १२ रन, लोकेस बमले १६ रन बनाए ।

बलिङमा पटनाका रोहन दास गुप्ता र नन्द किशोरले समान १–१ विकेट लिए ।

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना तथा कोसी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी १२ टोलीको सहभागिता थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी वाईआरसीसीका नरेश गिरीले २५ हजार रुपैयाँ पाए भने बेस्ट बलर होराइजनका दीपेश कँडेल र बेस्ट ब्यटरमा पटनाका कुमार श्रेयले जनही १५–१५ हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले खेलाडीहरूलाई पुरस्कार प्रदान गरे ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.