चारदेशीय टी-२० सिरिज: नेपाललाई ३ रनले हराउँदै कुवेत च्याम्पियन

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३१, आइतबार १५:२९

काठमाडौँ । हङकङमा जारी चार देशीय टी-२० सिरिजको उपाधि कुवेतले जितेको छ । नेपालमाथि ३ रनको रोमाञ्चक जित निकाल्दै कुवेत च्याम्पियन बनेको हो। आधिकारिक प्रतियोगितामा यो कुवेतको नेपालमाथि पहिलो फाइनल जित हो ।

अन्तिम समयमा नेपाल सम्हालिन नसक्दा कुवेत च्याम्पियन बनेको हो । खराब सुरुवातका बाबजुत बसिर अहमदले उत्कृष्ट इनिङ्स खेल्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । तर, अन्तिम ३ बल बाँकी हुँदा ४ रन चाहिएको अवस्था बसिर क्याच आउट हुन पुग्दा नेपाल जितनजिक पुगरे अलआउट भयो ।

त्यसअघि खराब सुरुवात गरेको नेपाले ९२ रन जोड्दा ८ विकेट गुमाएको थियो। तर, नेपालका लागि बसिर अहमद र नन्दन यादवले नवौं विकेटका लागि ७२ रनको सानदार साझेदारी गर्दै टिमलाई खेलमा फर्काएका थिए । बसिरले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रन बनाए ।

त्यस्तै, नन्दन यादवले ३७ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा आसिफ शेखको २१ रन रह्यो। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन् । कुवेतका लागि अनुदिप चेनतामराले ३ विकेट लिँदा यसि पटेल र नभिनराज राजेन्द्रनले २-२ विकेट लिए। त्यस्तै, मोहम्मद सफिक र मोहम्मद अस्लामले १-१ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । हङकङको मङ्गकक मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतका लागि रभिजा सन्दर्वानले ६३ रन बनाउँदा क्लिन्टो एन्टोले २६ रन बनाए ।

त्यस्तै, मिट भावसरले १६ रन बनाउँदा उस्मान पटेलले २३ रन बनाएका थिए । त्यस्तै, थप दोहोरो स्कोरका रुपमा कप्तान मोहम्मद अस्लाम १३ रनमा अविजित रहे। सुरुवाति १० ओभरमा १ सय १० रन बनाएको उसले बाँकी १० ओभरमा ६४ रन मात्र बनाउन सकेको थियो ।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिँदा करण केसी र कुशल भुर्तेलले समान १-१ विकेट लिएका थिए । प्रतियोगिताअन्तर्गत आजै भएको तेस्रो स्थानको खेलमा हङकङले कतारमाथि १ रनको रोमाञ्चक जित निकाल्यो ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.