खेलकुद विकास बोर्डद्वारा जुडो खेलाडीको बिदाइ

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३१, आइतबार १८:५२

विराटनगर । कोसी प्रदेश खेलकुद विकास बोर्डले ७ औँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा सहभागी हुने प्रदेशका खेलाडीहरूलाई बिदाइ गरेको छ ।

राष्ट्रिय जुडो संघले वैशाख ३ देखि ५ गतेसम्म काठमाण्डौंमा आयोजना गरेको प्रतियोगितामा प्रदेशबाट भाग लिन जाने खेलाडी र प्रशिक्षकलाई शनिबार बोर्डले एक कार्यक्रमका बीच बिदाइ गरेको हो ।

खेलाडी बिदाइ कार्यक्रममा बोल्दै बोर्डका सदस्यसचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले खेलाडीहरूलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेर आउन शुभकामना दिए ।

उनले राष्ट्रिय स्तरको प्रतियोगिताका विजेताहरूलाई बोर्डले नगदसहित सम्मान गर्ने गरेको स्मरण गर्दै प्रतियोगिताका विजेतालाई समेत बोर्डले उचित मूल्याङ्कन गर्ने बताए ।

बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले प्रतियोगितामा विभिन्न वजन समूहको स्पर्धामा कोसी प्रदेशबाट २५ जना खेलाडी र ३ जना प्रशिक्षकको सहभागिता रहने जानकारी दिए ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.