उसु टोली सिक्किम जाँदै 

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १, सोमबार १६:३३

काठमाडौं । सिक्किम एमेच्योर उसु संघको आयोजना हुन लागेको उसु प्रो नाइट्स फाइटमा सहभागी हुन मार्सल आर्ट्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीसहित ८ सदस्यीय टोली वैशाख २ गते भारतको सिक्किमस्थित ग्याङटोक प्रस्थान गर्ने भएको छ ।

सिक्किम एमेच्योर उसु संघको मार्सल आर्ट्स अर्गनाइजेसन नेपाल प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा विभिन्न ५ तौल समूहमा नेपाल र सिक्किमका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।

अप्रिल १६ तारिखमा हुने प्रतियोगितामा नेपालबाट मिलन राईले ५२ केजी, निश्चल तामाङले ५६ केजी, कमल आचार्य ६० ले केजी, मिलन तामाङले ६५ केजी र विनोद श्रेष्ठले ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा राजीव महर्जन, टिम व्यवस्थापकमा किरणसिंह साउद र निर्णायकमा शंकर भुजेल टोलीसँग सिक्किम जाने छन् ।

हरेक स्पर्धामा पहिलो हुनेले ५० हजार तथा दोस्रोले २० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

टोलीलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । उनले खेलाडीहरूलाई पदक जितेर आउन शुभकामना दिँदै उसु खेलको विकास र विस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा मेयर डंगोलले टोलीलाई व्यक्तिगत रूपमा ट्रयाकसुट प्रदान गरेको प्रशिक्षक महर्जनले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.