लागुऔषध सेवनपछि १५ वर्षीय दाइले गरे ११ वर्षीया बहिनीको हत्या

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २, मंगलबार १७:४७

ललितपुर । ललितपुर महानगरपालिका–१२ मंगलबजारमा लागुऔषध सेवन गरेर १५ वर्षीय बालकले आफ्नै ११ वर्षीया बहिनीको हत्या गरेको घटना बाहिर आएको छ ।

मंगलबजार खपिनछेँ टोलको एउटा घरमा चैत २९ गते ११ वर्षीया बालिकाको शव घरको पानी ट्यांकीभित्र सडेगलेको अवस्थामा फेला परेको थियो । बालिकाको हत्या चैत ४ गते भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

बालिकाको हत्या आरोपमा उनकै १५ वर्षीय दाइ पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीका अनुसार बहिनीको हत्यामा संलग्न भएको पत्ता लागेपछि १५ वर्षीय बालकलाई पक्राउ गरिएको हो ।

मंगलबजारमा डेरा बस्ने १ महिलाले ११ वर्षीया छोरी चैत ४ गते राति ९ बजेबाट सम्पर्कविहीन बनेको भनेर जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन् । खोतलासमा क्रममा चैत २९ गते बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा बालिकाको शव फेला परेको थियो ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा बालिकाको हत्या आफ्नै दाइबाट भएको पत्ता लागेको हो । बहिनीको हत्यामा संलग्न बालकलाई प्रहरीले मंगलबजारबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । बझाङको सुर्मा गाउँपालिका–४ घर भएका परिवारकी ११ वर्षीया छोरी ललितपुर–१२ मंगलबजारबाट हराएकी थिइन् ।

बालिकाको शव बाबुराजा अवालेको ५ तल्ले घरको भुइँ तल्लामा रहेको प्रयोगविहीन सिमेन्टले बनाएको पानी ट्यांकीमा फेला परेको थियो । बाबुराजा अवालेको उक्त घरमा मृतकका अभिभावक भाडामा बस्थे ।

उनीहरु फागुन २५ गते त्यो घर छोडेर अन्यत्र डेरा सरेका थिए । उनीहरुले छोडेर गएपछि कोठा खाली भएको थियो । कोठा खाली भएपछि चमेली सुनारको परिवार त्यहाँ कोठा खोज्न पुगेका थिए । खाली कोठामा उनीहरु बस्ने तयारी गरेको थियो ।

तर, उनीहरुले कोठा सरेकै दिन अनौठो गन्ध आएपछि खानेपानीको ट्याङकी खोलेर हेर्दा बालिकाको शव देखेर प्रहरीलाई खबर गरेका थिए । चैत ४ गते मृतक बालिका र उनको दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घरतर्फ जाँदै गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।

दाजु बहिनीसँगै गएको फुटेज भेटिए पछि दाजुमाथि शंका लागि सोधपुछ गर्दा बालकले कोठा सर्दा छुटेका कपडाहरु लिन भनेर बहिनीसँग गएको बताए । सामान्य विवाद हुँदा बहिनीलाई पिटेर नाइलनको डोरीले घाँटी खसेपछि भुइँमा लडाई छाडेर हिँडेको ती बालकले प्रहरीलाई बताए ।

अनुसन्धानका क्रममा दाजुले लागुऔषध सेवन गरेर बहिनीको हत्या गरेको पत्ता लागेको छ । ती बालकले पनि लागुऔषधको नशामा आफू भएकाले त्यस्तो घटना हुन गएको बयान प्रहरीलाई दिएका छन् ।

प्रहरीका अनुसार डोरीले घाँटी कसेर बहिनीलाई लडाएपछि हिँडेका १५ वर्षीय बालक भोलिपल्ट फर्किएर घटनास्थल पुगे । बहिनीको मृत्यु भइसकेको देखेपछि शवलाई पानी ट्यांकीमा छोपेर हिँडेको उनले प्रहरीलाई बताएका छन् ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.