वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्दै कोशी प्रदेश सरकार

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३, बुधबार १०:१३

विराटनगर । कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते विराटनगरमा लगानी सम्मेलन गर्ने भएको छ । रोजगारी सिर्जना गर्न र व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्नका लागि पहिलो लगानी सम्मेलन आयोजना गरिने भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेश लगानी सम्मेलन २०२५ को सचिवालयले आज (बुधबार) पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएको हो । आर्थिक समृद्धि र विकासमा अगाडि बढेको सचिवालयको भनाइ छ ।

कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ घोषणा गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सचिवालयले उल्लेख गरेको छ । पर्यटनको मार्फतबाट प्रदेशको समृद्धिलाई अगाडि बढाउन सकिन्छ भन्ने विश्वासका साथ पर्यटन वर्ष घोषणा गरिएको जनाइएको छ ।

सीमित स्रोत साधनको उपयोग गर्दै प्रदेशको विकासमा लागि परेको सचिवालयको भनाइ छ । कोशी प्रदेश सरकारले कोशी प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्दै रोजगारी सिर्जना गर्न र व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्नका लागि आगामी वैशाख १८ र १९ गते विराटनगरमा प्रदेश सरकारको पहिलो लगानी सम्मेलन आयोजना गरिने भएको छ ।

लगानी सम्मेलनमार्फत कोशी प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न सम्भावनाका नयाँ क्षेत्रहरु खोजी गरी उद्योगहरू स्थापनामार्फत पूँजी निर्माण, गरिबी निवारण र रोजगारी सिर्जना गर्नका लागि प्रेरित गर्ने उद्देश्य रहेको सचिवालयका संयोजक तथा प्रदेश सचिव पवनकुमार तिमिल्सेनाले बताए ।

स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा लगानी सम्मेलनको तयारी अगाडि बढेको उल्लेख गर्दै लगानी सम्मेलनमार्फत प्रदेशमा लगानीको लागि आवश्यक स्रोतको सुनिश्चितता गरी औद्योगिकीकरणको वातावरण सिर्जना हुने दाबी गरिएको छ ।

प्रदेशमा स्वदेशी, निजी एवम् प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नवीनतम् प्रविधि तथा ज्ञान परिचालनका लागि यो सम्मेलनले आधार तय गर्ने जनाइएको छ । कानुनी र नीतिगत एवम् प्रक्रियागत सुधार गरी प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण हुने हामीले विश्वास लिइएको सचिवालयले जनाएको छ ।

यो सम्मेलनपछि कोशी प्रदेश नेपालकै एक प्रमुख लगानी गन्तव्यको रूपमा परिचित र स्थापित हुने अपेक्षा गरिएको छ । लगानी सम्मेलनले प्रदेशको दोस्रो आवधिक योजनाले आर्थिक विकासमा लिएका लक्ष्य पूरा गर्दै ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन सोच हासिल गर्न प्रत्यक्षरूपमा सहयोग पुग्ने सचिवायलको भनाइ छ ।

सम्मेलन सम्पन्न गर्नका लागि हालसम्म सम्पूर्ण समितिहरूको निर्माण र सचिवालय गठन भई कार्यहरू अघि बढेको जनाइएको छ । ‘सोकेश’ गरिने परियोजनाहरूको छनौटका कामहरूको तयारी अन्तिमचरणमा पुगेको जनाइएको छ ।

नीतिगत तथा कानूनी सुधारका क्षेत्रमा पनि पूर्वतयारी भइरहेको सचिवालयको भनाइ छ । कोशी प्रदेशमा सार्वजनिक, निजी साझेदारी अन्तर्गतका परियोजनाहरूलाई कार्यान्वयनका लागि सरलीकृत वातावरण निर्माण गर्न कानुनी, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गर्ने तयारी रहेको जनाइएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरस्थित वीरेन्द्र सभागृहमा उद्घाटन तथा समापन समारोह सम्पन्न गर्ने गरी सचिवालयले तयारी गरिरहेको छ । यसमा तीन तहकै जनप्रतिनिधिहरू, नीति निर्माण तहमा कार्यरत व्यक्तित्वहरू, कुटनैतिक नियोग तथा विकास साझेदारहरू, स्वदेशी तथा विदेशी लगानीकर्ता, लगानीको क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ता तथा विज्ञहरु, आर्थिक विषयका शोधकर्ताहरू, उद्योग बाणिज्य क्षेत्रका छाता संगठन र उद्योगी व्यवसायीहरु तथा सरोकारवाला, सञ्चारकर्मीहरूको सहभागिता हुने भएको छ ।

लगानी सम्मेलनमा विज्ञहरूको सहभागितामा समष्टिगत र विषयगत क्षेत्रका सत्रहरू सञ्चालन हुनेछन् । विषयगत सत्रहरूमा कृषि, पर्यटन, ऊर्जा, उधोग स्वास्थ्य सेवा, पूर्वाधारका विविध पक्षमा छलफल हुनेछ । लगानी सम्मेलनमा आठवटा क्षेत्रका करिव ५४ वटा परियोजना ‘सोकेसिङ’ हुने सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.