प्रहरीबाट उम्किन भागेका युवक २४ किलो गाँजासहित पक्राउ

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार ११:०८

सुनसरी । लागुऔषध गाँजा ओसारपोसार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको हुलाकी राजमार्ग (फुलचोक–विराटनगर खण्ड) मा जाँच गर्ने क्रममा सप्तरीका युवक पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी गस्ती टोलीले बुधबार साँझ ७ः५० बजे रातो–कालो रंगको पल्सर मोटरसाइकल जाँच गर्न खोज्दा चालक मोटरसाइकल नरोकी भागेका थिए ।

प्रहरी टोलीले पछ्याउँदै जाँदा हरिनगरा गाउँपालिका–४ स्थित बजार क्षेत्रमा स्थानीयको सहयोगमा मोटरसाइकलको पछाडि सवार युवकलाई समातेको हो।

पक्राउ परेका व्यक्ति सप्तरीको कञ्चनपुर स्थायी घर भई हाल सुनसरी बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी बस्ने २४ वर्षीय राजेश मुखिया रहेको प्रहरीले जनाएको छ। उनको साथबाट दुईवटा झोलामा राखिएको करिब २४ केजी गाँजा बरामद गरिएको छ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको जनाएको छ। मोटरसाइकल लिएर फरार बनेका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.