रामबहादुर बम्जनले पाए २ वटा अदालतबाट सफाइ

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार २१:१४

काठमाडौं । बाल यौन दुरुपयोग र व्यक्ति बेपत्ता कसुरमा कारागारमा रहेका रामबहादुर बम्जन (रामलाल बम्जन)ले २ वटा अदालतबाट सफाइ पाएको खुलेको छ ।

आफूलाई ‘लिटिल बुद्ध’ भनेर चिनाउने उनी सफाइ पाएपछि करिब १ महिनाअघि सिन्धुपाल्चोक कारागारबाट ‘गुपचुप’ रिहा भएको पत्ता लागेको हो । उनलाई चैत ७ गते पत्नी दीप शिखाले बुझेर लगेकी थिइन् । अदालतले सफाइ दिएको कागज देखाएर बुझेर लगेको पाइएको छ ।

तर, बम्जन कारागारमुक्त भएको १ महिनासम्म घटना गोप्य रहयो । बम्जनलाई बाल यौन दुरुपयोगको आरोपमा २०८० पुस २४ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो । जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिबानाको फैसला गरे पनि उनले उच्च अदालत जनकपुरबाट चैत ६ गते सफाइ पाएका हुन् ।

न्यायाधीशद्वय नरिश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले बम्जनविरुद्ध दर्ता गरिएको मुद्दा हदम्याद नाघेर आएको भन्दै उनलाई सफाइ दिने फैसला गरेको हो । त्यो बेलामा लागू भएको कानुन अनुसार पीडित १८ वर्ष पुगेपछि १ वर्षभित्र मात्रै मुद्दा हाल्न पाइने व्यवस्था छ। तर, त्यो समय नाघिसकेपछि बम्जनविरुद्ध मुद्दा दर्ता भएको व्याख्या अदालतले गरेको छ ।

सिन्धुपाल्चोकमा पनि बम्जनमाथि भिक्षु फूलमाया रुम्बालाई बेपत्ता पारेको आरोपमा मुद्दा चलेको थियो । तर, त्यो मुद्दामा पनि प्रमाण नपुगेको भन्दै अदालतले उनलाई कात्तिक २५ गते सफाइ दियो ।

सिन्धुपाल्चोक जिल्ला अदालतका न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले सफाइ दिएको हो । फूलमायालाई अन्तिमपटक कहाँ र कहिले देखिएको भन्ने कुरा पुष्टि हुन नसकेको, साक्षीहरूले पनि ठोस रूपमा केही भन्न नसकेको र फोटो कहिले खिचिएको हो भन्ने समेत नखुलेको भन्दै बम्जनमाथि लागेको आरोप शंका मात्रै भएको अदालतले उल्लेख गरेको छ।

प्रहरीसमेतका निकायले पनि उनको अवस्थाबारे केही जानकारी नभएको बताएका छन् । अदालतबाट सफाइ पाएसँगै उनी कानुनी रूपमा दोषमुक्त भए । हाल बम्जन सार्वजनिक रूपमा देखा परेका छैनन् । तर, सार्वजनिक सरोकार र चासो भने कायमै छ ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.