कुकिवन कप तेक्वान्दो सुरु 

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार २१:१९

काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र नेपालस्थित कोरियाली राजदूत पार्क तेई योङले संयुक्त रूपमा कुकिवन कप तेक्वान्दो प्रतियोगिताको उद्‌घाटन गरे ।

नेपाल तेक्वान्दो संघ तथा कोरियास्थित विश्व तेक्वान्दोको मुख्यालय कुकिवनको संयुक्त आयोजनामा संघको हलमा वैशाख ६ गतेसम्म प्रतियोगिता हुनेछ ।

नेपालका विभिन्न तेक्वान्दो डोजाङ तथा विभागीय तेक्वान्दो टोलीबाट ७ सय खेलाडी सहभागिता रहेको आयोजकले जनाएको छ ।

उद्‌घाटन समारोहमा खेलकुद मन्त्री चौधरीले देशको नाम उँचो राख्न तेक्वान्दोले योगदान पुर्‍याइ रहेको बताउँदै प्रतियोगिताको आयोजनाले नेपाल र दक्षिण कोरियाबिचको सम्बन्धलाई समेत अझ प्रगाढ पार्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा ब्रेकिङ, पुम्से, टिम फाइट तथा तेक्वान्दो एरोबिक्सका विधाहरूमा प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.