गाउँपालिकाका अध्यक्ष चौधरीलाई लक्षित गरी गोली प्रहार

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ५, शुक्रबार १०:३४

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी बिहीबार राति गोली प्रहार भएको छ ।

बिहीबार राति ११ : ३० बजेतिर मायादेवी गाउँपालिका–१ पकडीस्थित घरमा रहेका चौधरीलाई लक्षित गरेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति शौचालय जाँदै गर्दा घर परिसरमा उनलाई लक्षित गरेर अज्ञात व्यक्तिले गोली गरेको हो ।
अध्यक्ष चौधरीलाई उद्धृत गर्दै गोली चलाउने व्यक्ति आफूभन्दा अग्लो र मुखमा पट्टी बाँधेर आएको प्रहरीले जनाएको छ ।

अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार गरे पनि गोली नलागेको प्रहरीले जनाएको छ । चौधरी शुद्धोधनको अध्यक्ष भए पनि उनी मायादेवीस्थित घरमा बस्दै आएका थिए ।

घटनास्थलमा पेस्तोलमा प्रयोग हुने गोलीको खोका भेटिएको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य तीव्र पार्दै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.