
काठमाडौं । डोटीको बडीकेदार गाउँपालिकाका एक जना युवकको गोली लागेर मृत्यु भएको छ ।
सिकारी खेल्न गएका बडीकेदार –२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको गोली लागेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । सार्कीको मृत्युपछिले प्रहरी घटनामा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बिहीबार दिउँसो बडीकेदार –१ बेडुपाटा खोला किनारमा सिकार खेल्न गएका बडीकेदार –१ रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्कँदा सार्कीको दायाँ छातीमा गोली लाग्दा घटना स्थलमै मृत्यु भएको हो ।
घटनामा संलग्न भएको आरोपमा कमलसिंह खड्का, रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्ती मगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई नियन्त्रणमा लिए थप अनुसन्धान थालको प्रहरीले जनाएको छ ।

























