ऋणपत्र विक्री गर्दै वाणिज्य बैंक

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ७, आइतबार ०६:२६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज (आइतबार)देखि ऋणपत्र विक्री गर्दै छ । २ अर्ब ५० करोड बराबरको ऋणपत्र विक्री गर्ने बैंकको तयारी छ ।

नेपाल धितोपत्र बोर्डबाट ७ वर्ष अवधिसहित कूल २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने गरी बैंकले स्वीकृति पाएको छ । ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा ७ प्रतिशत बराबर ब्याजदर प्राप्त गर्नेछन् ।

अंकित मूल्य १ हजार दरको ऋणपत्रमा लगानीकर्ताले कूल २५ कित्तादेखि विक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् । धितोपत्र विक्री प्रबन्धक सानिमा क्यापिटल रहेको सो ऋणपत्र छिटोमा यही वैशाख १० गते र ढिलोमा वैशाख २१ गतेसम्म रहने जनाइएको छ ।

२ अर्ब ५० करोड बराबरको कूल निष्कासनमध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ । ४० प्रतिशतले हुने १ अर्ब बराबरको १० लाख कित्ता भने सर्वसाधारणका लागि निष्कासन हुने वाणिज्य बैंकले जनाएको छ ।

त्यसमा ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । कूल ९ लाख ५० हजार कित्तामा भने सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

बैंकलाई केयर रेटिङ नेपालको ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरिएको छ । बैैंकको अधिकृत पुँजी ३० अर्ब तथा जारी पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार र चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार बराबर छ ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.