कानेपोखरीमा १० औं राष्ट्रिय सीएच आईटीएफ तेक्वान्दो हुने

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ७, आइतबार ०७:३०

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा १० औं सीएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ ।

नेपाल सीएच आईटीएफ तेक्वान्दो कोशी प्रदेशको आयोजना आगामी जेठ १५, १६ र १७ गते प्रतियोगिता हुने भएको हो । आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता कानेपोखरी–६ स्थित जनसेवा माविको खेलमैदानमा हुने जानकारी दिएको छ ।

प्रतियोगितामा २५ जिल्लाबाट ३ सय ५० जना खेलाडी सहभागी हुने जनाइएको छ । ५० जना रेफ्री, १० जना जुरी, १० जना अफिसियल तथा ३० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक रहने छन् ।

पुरुष र महिला दुवैतर्फ सिंगल फाइट, ग्रुप फाइट, सिंगल प्याटन र ग्रुप प्याटन विधामा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ २० किलोदेखि ९० र महिलातर्फ २० देखि ८० किलोसम्मको तौल समूहमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा स्वार्ण ५०, कास्य ५० र रजत १ सय गरेर २ सय जनाले पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । जिल्ला प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजार प्रदान गरिने आयोजकले उल्लेख गरेको छ ।

संघले हालसम्म ब्लाक बेल्ट वान डान २२ जना, ब्लाक बेल्ट टु डान २ जना र थ्री डान २ जना खेलाडी उत्पादन गरेको छ । प्रदेशभर खेलाडी संख्याको हिसाबले तेह्रथुमको आठराई गाउँपालिकामा ७० जना र मोरङको उर्लाबारी, कानेपोखरी र रंगेलीमा १ सय २० जना खेलाडीहरुले खेल खेलिरहेका छन् ।

प्रतियोगिता सम्पन्न गर्न ८ लाख ७० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसका लागि स्थानीय सरकार, संघसंस्था, खेलप्रेमी र दाताहरूसँग सहयोगको अपेक्षा गरिएको सीएच आईटीएफ तेक्वान्दो संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलले बताए । सम्पूर्ण अभिभावक, संघसंस्था र खेलप्रेमीहरूलाई आर्थिक, नैतिक र भौतिक सहयोग गरेर प्रतियोगितालाई सफल बनाउन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.