
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य यथावत रहेको छ ।
सुनचाँदी शुक्रबारकै मूल्यमा कारोबार भइरहेको हो । सुनको मूल्य प्रतितोला शुक्रबार १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो । आज पनि यही मूल्यमा कारोबार भइरहेको हो ।
चाँदीको मूल्य पनि स्थिति रहेको छ । मूल्य प्रतितोला शुक्रबार चाँदी १ हजार ९ सय ६० रूपैयाँ थियो । आजका लागि पनि यही मूल्य कायम भएको छ ।

























