आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ७, आइतबार १३:२६

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । आज आइतबार दिउँसो र राति गरेर दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन् । खेल पौने ४ बजेदेखि चण्डीगढस्थित मुल्लानपुर क्रिकेट रंगशालामा सुरु हुनेछ ।

दुई टोली यसअघि खेलेको ४८ घण्टाभित्र दोस्रोपटक भिड्न लागेका हुन् । शुक्रबार बेंगलुरुको मैदानमा भएको खेलमा पञ्जाबले ५ विकेटको जित निकालेको थियो ।

अंकतालिकामा पञ्जाब ७ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ भने ७ खेलमा ८ अंक भएको बेंगलुरु पाँचौं स्थानमा छ । आजको खेल जिते पञ्जाब शीर्षमा उक्लनेछ भने प्लेअफको सम्भावना पनि बलियो बनाउँदै लाने छ । त्यस्तै दोस्रो खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी मुम्बई इन्डियन्स र चेन्नइ सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेलुकी पौने ८ बजेदेखि मुम्बईको वाङ्खडे स्टेडियममा सुरु हुनेछ ।

सर्वाधिक ५-५ पटकका उपाधि विजेता यी दुई टोली हाल अंकतालिकामा बटम हाफमा छन् । मुम्बई ७ खेलमा ६ अंक जोड्दै सातौं स्थानमा छ भने चेन्नई ७ खेलमा ४ अंक जोड्दै १०औं स्थानमा छ । यसअघि चेन्नईको घरेलु मैदानमा भएको खेलमा चेन्नई ४ विकेटले विजयी भएको थियो । त्यसयता लगातार ५ खेलमा पराजित भएको चेन्नईले पछिल्लो खेलमा लखनउलाई हराएको थियो ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.