सुनसरीको दुहबीमा कार छाडेर चालक फरार, १ क्वीन्टल बढी गाँजा बरामद

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ७, आइतबार १४:०९

विराटनगर । सुनसरीको दुहबीमा चालकले सडकमै छाडेर हिँडेको कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ ।

बा ७ च ९२६३ नम्बरको मारुती कारको डीकीबाट १ क्वीन्टलभन्दा बढी गाँजा बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले दुहबी नगरपालिका–४ मालहट्टीबाट शनिबार कारलाई नियन्त्रणमा लिएको थियो ।

विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेसँगै कार सडकमै छाडेर चालक फरार भएका थिए । कार नियन्त्रणमा लिएर खानतलासी गर्दा डीकीभित्र जेब्रा झोलामा लुकाएर राखिएको १ सय १६ किलोग्राम गाँजा बरामद भएको डीएसपी खतिवडाले बताए ।

बरामद भएको गाँजा र गाँजा लोड गरिएको कारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ । फरार रहेका कार चालकको खोजी भइरहेको र घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.