तेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्ने

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ७, आइतबार २०:१३

काठमाडौं । नेपालका अदिश खड्काले जापान र अस्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यही अप्रिलमा हुने जापानमा ‘जापान वाटा ओपन’ र मेमा अस्ट्रेलियाको ‘गोल्ड कोस्टमा तय गोल्ड कोस्ट ओपन’ तेक्वान्दोमा अदिशले चुनौती प्रस्तुत गर्ने भएका हुन् ।

दुवै च्याम्पियनसिपमा अदिशले पुरुष यु १७ उमेर समूहको व्यक्तिगत पुम्सेमा चुनौती प्रस्तुत गर्नेछन् ।

जापानको ओसाकामा आगामी अप्रिल २५ देखि २७ तारिखसम्म जापान वाटा ओपन हुँदैछ । त्यसमा अदिशसँगै नेपालका अन्य खेलाडीले प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् ।

आगामी मे ३ देखि ४ सम्म गोल्ड कोस्ट ओपन हुने तय छ । त्यसैले उनी जापानबाटै अस्ट्रेलिया जानेछन् ।

आइतबार एक कार्यक्रमका बीच अदिश अध्ययनरत कलेज नामी इन्टरनेसनलले उनलाई बिदाइ गरेको थियो ।

जोरपाटीस्थित नामीमा भएको कार्यक्रममा कलेजकी प्रिन्सिपल अनिशा पाण्डेलगायतले उनलाई बिदाइ गरेका थिए ।

अदिश तेस्रो डान प्राप्त खेलाडी समेत हुन् । अदिशले यस च्याम्पियनसिपमा आफ्नो उत्कृष्ट दिँदै पदक जित्ने आशा व्यक्त गरेका छन् ।

 

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.