छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ८, सोमबार १५:३१
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

हेटौंडा । नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा मकवानपुरमा आइतबार बेलुका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको थाहा नगरपालिकाकी १३ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय पालुङले उनका ३६ वर्षीय बाबुलाई पक्राउ गरेको हो । जेठी श्रीमतीकी छोरीलाई बाबुले कात्तिक महिनादेखि पटक पटक बलात्कार गर्दै आएका थिए । जेठी श्रीमती छोरी घरमा छोडेर दोस्रो विवाह गरेर गएकी थिइन् ।

बाबुले पटक पटक बलात्कार गरेपछि सहन नसकेर बालिकाले फुपुलाई पीडा सुनाएकी थिइन् । फुपुहरुको सहयोगमा इलाका प्रहरी कार्यालय पालुङमा उनले उजुरी दिएकी थिइन् । उजुरीकै आधारमा बाबुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए ।

यसैगरी, थाहा नगरपालिका– १२ का एक व्यक्तिले गत महिना ८० वर्षीया वृद्धा आमालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय पालुङले दुवै आरोपीलाई हाडनाता बलात्कारमा मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आवको १० महिनामा २२ बालिका बलात्कृत भएका छन् । यस अवधिमा ३८ वटा बलात्कारका घटना भएका छन् ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.