आयोजक एकेडेमी ६ स्वर्णसहित अगाडि

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ८, सोमबार १९:४०

काठमाडौं ।    आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ए’ मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पहिलो दिन सोमबार ६ स्वर्ण जित्दै पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

ग्योरोगी र पुम्सेमा गरी ३६ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन २६ स्पर्धाको फाइनल सम्पन्न हुँदा एकेडेमी ‘ए’ ६ स्वर्ण जित्न सफल भयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको प्रतियोगितामा एब्सोलुट र श्रीनले समान २–२ स्वर्ण जितेका छन् ।

प्रतियोगिताको सभामुख देवराज घिमिरेले एक कार्यक्रमबीच उद्‌घाटन गरे । सो अवसरमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ र भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङलगायतको उपस्थिति रहेको थियो ।

२ दिने प्रतियोगितामा ४ सय ७९ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् ।

शीर्ष ३ स्थानमा रहने टिमले क्रमशः १ लाख, ६० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष / महिला खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.