
काठमाडौं । छोरी बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेका छ ।
मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाकी १३ वर्षीया बालिका (छोरी) लाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित बालिकाले घटनाबारे नजिकको आफन्तलाई बताएपछि इलाका प्रहरी कार्यालय पालुङमा उजुरी परेपछि आइतबार पक्राउ गरेर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकामाथि उनका बाबुले गत कात्तिकदेखि पटकपटक जरबजस्तीकरणी गर्दै आएको उजुरीमा उल्लेख गरिएको छ ।
पीडित बालिकाकी आमाले दोस्रो विवाह गरेर गएपछि उनी बाबुसँग बस्दै आएकी थिइन् । आरोपित बाबुलाई हाडनाता बलात्कारमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

























