पूर्ववडाध्यक्षले गरे वर्तमान वडाध्यक्षको हस्ताक्षर किर्ते

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ९, मंगलबार ०६:४४
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सिरहा । चार किल्ला सिफारिस बनाउने क्रममा पूर्वडाध्यक्षले वर्तमान वडाध्यक्षको हस्ताक्षर किर्ते गरेको पाइएको छ ।

सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साहले वर्तमान वडाध्यक्ष सुरेशकुमार यादवको हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो । किर्ते गरेको पत्ता लागेपछि साहलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ गरेर किर्ते जालसाजी मुद्दामा अनुसन्धान अघि बढाउन अदालतबाट म्याद थप गरिएको सिरहा प्रहरीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए । उनका अनुसार २०८० माघ १९ मा वडाध्यक्ष यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छापसमेत किर्ते गरेको पाइएको हो ।

किर्ते गरेर पूर्वअध्यक्ष साहले ४ किल्ला सिफारिस बनाएको भन्दै उजुरी परेको थियो । उजुरीका आधारमा उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान एवं कारबाहीको प्रक्रियामा लगेको छ ।

साह विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाँउपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए । पछि विसं २०७९ को निर्वाचनमा नेकपा (एमाले)बाट नवराजपुर गाउँपालिकाको अध्यक्षमा चुनाव लडेका थिए । तर, पराजित भए ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.