
काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) को खेल हेर्नका लागि विश्वका चर्चित फुटबलर रोबर्टो कार्लाेस नेपाल आइपुगेका छन् ।
ब्राजिलका फुटबलर कार्लाेस बुधबार धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्ने छन् ।
५१ वर्षीय कार्लाेसले ब्राजिलले सन् २००२ को फिफा विश्वकपको उपाधि जित्दा टिमका महत्वपूर्ण सदस्य थिए । उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए ।



















