
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (मंगलबार) प्रतितोला २ लाखनजिक पुगेको छ । एकै दिन तोलाको ६ हजार ९ सय रूपैयाँ बढेर मूल्य २ लाखनजिक पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेसँगै सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि त्यसको असर परेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुनको मूल्य अझै बढ्ने सम्भावना छ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
चाँदीको मूल्यमा पनि मंगलबार सामान्य वृद्धि भएको छ । प्रतितोला १० रूपैयाँ बढेको हो । मूल्य बढेर चाँदी प्रतितोला १ हजार ९ सय ७० पुगेको छ । सोमबार १ हजार ९ सय ६० पुगेको थियो ।

























