मनमोहन मेमोरियल कप क्रिकेट हुँदै 

Share this
595shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ९, मंगलबार १९:२९

विराटनगर । मनमोहन मेमोरियल कप क्रिकेट (एमएम कप) प्रतियोगिताको तेस्रो संस्करण विराटनगरमा हुँदैछ । यसअघि एमएम कपको पहिलो र दोस्रो संस्करण सुनसरीको इनरुवामा भएको थियो । 

इनरुवाको मनमोहन मेमोरियल कप फाउण्डेसनले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा प्रतियोगिताको तेस्रो संस्करण गर्न लागेको जानकारी दिइएको छ ।  

फाउण्डेसनका अध्यक्ष विप्लव घोषले पत्रकार सम्मेलनमा वैशाख १३ देखि वैशाख २० गतेसम्म विराटनगरमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

उनले यसअघि सुनसरीको इनरुवामा आयोजना भएको प्रतियोगिताको तेस्रो संस्करण विराटनगरमा आयोजना गर्न लागेको बताए ।

इनरुवामा प्रतियोगिता हुँदै आए पनि यस पटक प्राविधिक कारणले गर्दा विराटनगरमा आयोजना गर्नु पर्यो ।

इनरुवाबाट सुरुवात गरेको प्रतियोगिता कोशी प्रदेश बाहेक अन्य प्रदेशमा गर्ने योजना रहेको अध्यक्ष घोषले सुनाए ।  क्रिकेटको उर्वरभूमि भनेर चिनिएको कोशी प्रदेशमा पछिल्लो समय खेलाडी उत्पादन हुन छाडेपछि क्रिकेट खेललाई चलायमान बनाउनका लागि प्रतियोगिता आयोजना गर्न थालेको उनले बताए । 

विगतमा राष्ट्रिय टोलीमा कोही न कोही खेलाडी कोशी प्रदेशका पर्ने गरेको सुनाउँदै, अध्यक्ष घोषले भने, ‘विगतमा धेरै प्रतियोगिता हुँदा नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुग्थाे । तर, पछिल्लो समय प्रतियोगिता कम भएकै कारण र सम्बन्धित निकायले पनि नयाँ खेलाडी उत्पादन गर्नेतर्फ सोच नबनाएको हुँदा फाउण्डेसनले खेलाडी उत्पादनमा सहज हुने विश्वासका साथ प्रतियोगिताको तेस्रो संस्करण गर्न लागेको हो ।’

३ तहको सरकारले समन्वय गरेर कोशी प्रदेशमा स्तरीय खेल मैदान बनाउनु पर्छ । राज्यले खेल क्षेत्रमा पर्याप्त बजेट नदिँदा पनि खेलाडी उत्पादनमा समस्या आएको उनले बताए ।  

वैशाख १३ देखि वैशाख २० गतेसम्म हुने प्रतियोगितामा ३ विभागीय टोलीसहित ६ टोलीको सहभागिता रहेको छ ।

टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) र बागमती प्रदेश छ भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कोशी  प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेको छ ।
५० ओभरको खेल लिग कम नकआउटका आधारमा हुनेछ । २ समूहको शीर्ष स्थानमा रहेका २  टोलीका बीच उपाधि जितका लागि खेल हुने छ ।  

प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाखका साथै ट्रफी, मेडल प्राप्त गर्ने छन् भने व्यक्तिगत विधातर्फ प्लेयर अफ द टुर्नामेन्टले २५ हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले जनही १५ हजारका साथै दैनिक हुने प्लेयर अफ द म्याचले ४ हजार रुपैयाँ प्राप्त गर्ने छ । 

प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो । 

तपाइको प्रतिक्रिया
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
डिकवेलाको अविजित अर्धशतकमा लुम्बिनी लायन्स फाइनलमा
कोशी र गण्डकीमा वर्षा तथा हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.