
विराटनगर । संखुवासभाको सदरमुकाम खाँदबारीबाट बालयौन दुरुपयोगको आरोपमा १ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
खाँदबारी नगरपालिका–१ मा रहेको सूर्य सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक संखुवासभाको चैनपुर नगरपालिका–३ शिद्धकाली घर भएका ३१ वर्षीय विवेक खत्रीलाई पक्राउ गरिएको संखुवासभा प्रहरीका इन्स्पेक्टर रामकुमार लामिछानेले बताए । उनका अनुसार खत्री सोही बोर्डिङको होस्टलमा बस्दै आएका थिए ।
बोर्डिङको छात्रावासमा बसेर अध्ययन गर्दै आएकी नाबालिकालाई आफू सुत्ने कोठामा बोलाएर वैशाख ७ गते बिहानका राति १ बजेतिर बालयौन दुरुपयोग गरेको आरोप खत्रीमाथि लागेको छ । बालयौन दुरुपयोग गरेको किटानी जाहेरीका आधारमा पक्राउ गरेर जिल्ला अदालत चैनपुरबाट म्याद थप गरी शिक्षक खत्रीमाथि अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर लामिछानेले बताए ।

























