संवैधानिक पदाधिकारीविरुद्धकाे सुनुवाइ स्थगित

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १०, बुधबार १९:५९

काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरूको मुद्दाको सुनुवाइ स्थगित भएको छ । प्रधानन्यायाधीशको विदेश भ्रमणका कारण पदाधिकारीविरुद्धको सुनुवाइ वैशाख २८ गतेसम्मका लागि सरिएको हो ।

गत आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत बेलायत भ्रमणका कारण मुद्दाको सुनुवाइ स्थगित भएको हो । प्रधानन्यायाधीश राउतसहित को टोली बुधबार (आज) विदेश जाँदै छन् ।

२०८१ माघ ३० देखि ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ । केही साताको अन्तरालमा सुनुवाइ गरिरहेको संवैधानिक इजलासले गत आइतबारदेखि भने नियमित सुनुवाइ गरेको थियो ।

अहिलेसम्म सबै रिट निवेदकहरूले आफ्नो बहस सकेका छन् । सरकारको तर्फबाट महान्यायाधिवक्ताले बहस गरेपछि अहिले सरकारी वकिलहरूको बहस चलिरहेको छ ।

अब ५२ संवैधानिक पदाधिकारीका कानुन व्यवसायीहरूले बहस गरेपछि रिट निवेदकहरूले जबाफी बहस गर्ने पालो आउने छ । त्यसपछि मात्रै सर्वोच्च अदालतले निर्णय सुनाउने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.