प्रधानमन्त्री आइपुगे विराटनगर

Share this
805shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १८, बिहीबार १२:१८

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली अहिले विराटनगर आइपुगेका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगर विमानस्थलमा अवतरण गरेका ओलीले कोशी प्रदेशमा पहिलोपटक आयोजना भएको लगानी सम्मेलन उद्घाटन गर्ने छन् । प्रदेश राजधानी विराटनगरमा आयोजना हुने सम्मेलन भोलि (शुक्रबार)सम्म चल्ने छ ।

प्रधानमन्त्री आउने भएपछि बिहानैदेखि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । लगानी सम्मेलन उद्घाटन गरेर ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ ।

ओलीसँग रक्षामन्त्री मानवीर राईलगायत रहेका छन् ।

कोशी लगानी सम्मेलन आजदेखि सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.