एमएम कप क्रिकेट : उपाधिका लागि विभागीय टोली आर्मी र पुलिस भिड्दै 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख १८, बिहीबार १६:३०

विराटनगर । पाहुना टोली भारतको आसाम क्रिकेट क्लबलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो मनमोहन स्मृति क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा बिहीबार भएको खेलमा पुलिसले आसामलाई ६ विकेटले हराउँदै फाइनलमा पुगेको हो । आर्मी तेस्रो पटक उपाधि जित्ने दाउका साथ शनिबार अर्को विभागीय पुलिससँग प्रतिस्पर्धा गर्ने छ ।

Advertisement

समूह ‘बी’ मा रहेका आसाम, पुलिस र कोशी प्रदेशले १–१ खेल जित्दै समान २–२ अंक बनाएका थिए । तर, नेट रन रेटका आधारमा आसाम र कोशी प्रदेशलाई पन्छाउँदै पुलिस फाइनलमा पुगेको हो ।

टस जितेर ब्याटिङ थालेको आसामले ४२ ओभर २ बलमा अलआउट हुँदै १ सय ५४  रनको चुनौती दियो । राज विश्वाले ३३ रन, अरुण सोनारले ३१ रन, केभिन सञ्जीव क्रिस्टोफरले २३ रन, हायन कश्यपले १९ रन र गोकुल शर्माले १० रन बनाए । बलिङमा पुलिसका श्रवण यादव र अरुण ऐरीले ३–३ विकेट लिए ।

१ सय ५५ रनको लक्ष्य पुलिसले २६ ओभर १ बलमा ४ विकेटको क्षतिमा पार गर्दै विजयी भयो । प्लेयर अफ द म्याच अमित श्रेष्ठले ७१ रन, शंकर रानाले ६३ रन बनाए । बलिङमा आसामका गोकुल शर्माले ३ विकेट लिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.