
विराटगर । विराटनगरमा भएको ‘कोशी प्रदेश स्तरीय अन्तर बिमक फुटसल’ प्रतियोगिताको उपाधि सानिमा जिआइसीले जितेको छ ।
नेपाल बिमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवका अवसरमा नेपाल बिमा प्राधिकरण कोशी प्रदेशले विराटनगर आयोजना गरेको प्रतियोगितामा सानिमाले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) लाई २–० गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो ।
सानिमालाई जित दिलाउन निराजन बस्नेतले २ गोल गरेका थिए । खेलको अन्तिम २ मिनेट आफूलाई समाल्न नसक्दा सलिकोले उपाधि सानिमा सुम्पनु पर्यो ।
प्रतियोगितामा १० गोल गर्ने सलिकोका रविन खड्का सर्वाधिक गोलकर्ता बने । कोशी प्रदेश स्तरीय प्रतियोगितामा प्रदेशका १६ वटा बिमक कम्पनीको सहभागिता रहेको थियो ।
जसमा जीवन बिमक ९, निर्जीवन बिमक ६ र लघु बिमक १ गरी १६ टोलीले भाग लिएका थिए ।
नेपाल बिमा प्राधिकरण कोशी प्रदेशका प्रमुख विनोदकुमार पोखरेललगायतले खेलाडीहरूलाई शिल्ड तथा प्रमाण पत्र प्रदान गर्दै यस्ता प्रतियोगिताले कर्मचारीको शारीरिक तथा मानसिक स्वस्थ कायम गरी गुणस्तरीयता बिमा सेवा प्रदान गर्न मद्दत पुग्ने बताए ।



















