कराँते महासंघको संयोजकको जिम्मेवारी रानालाई 

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २६, शुक्रबार १९:१६

विराटनगर । नेपाल कराँते महासंघ कोशी प्रदेशको तदर्थ समिति गठन भएको छ । तदर्थ समितिको संयोजकको जिम्मेवारी अन्तर्राष्ट्रिय प्रशिक्षक प्रभाकर राना मगरले पाएका छन् ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको २७ औँ बैठकले मगरको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

बोर्डले महासंघको आन्तरिक विवादका कारण प्रदेशमा वैधानिक महासंघ गठन नभएकोले ३ महिनाभित्र अधिवेशन गरेर पूर्ण समिति गठन र बोर्डमा दर्ता गराउने जिम्मेवारीसहित तदर्थ समिति गठन गरेको बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले जानकारी दिए ।

तदर्थ समितिको सदस्यमा अनिष राजधामी, रेनुका राई, कमिककुमार राई, अनिल नेपाल, रूपा लिम्बू, रविन राई, मोतीचन्द्र राई, दीपक मगर, विप्लव राई, सागर राउत रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.