मिल्स भेट्रान्स : उपाधि नजिक धरान  

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३१, बुधबार २०:०७

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबलको फाइनलमा सुनसरीको धरान भेट्रान्स क्लब पुगेको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार (आज) जुट मिलको खेल मैदानमा भएको खेलमा धरानले मोरङको पथरीशनिश्चरे भेट्रान्स क्लबलाई टाइब्रेकरमा ४–१ गोल फरकमा हराउँदै उपाधि नजिक पुगेको हो ।

खेलको निर्धारित समयमा दुवै टोली १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

बिहीबार आयोजक मिल्स भेट्रान्स क्लब र मोरङको सुन्दरहरैँचा भेट्रान्स क्लबबीचको विजेतासँग धरानले उपाधिका लागि खेल्ने छ ।

खेलको प्लेयर अफ द म्याच धरानका विकास लामाले १ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ७५ हजार  र उपविजेताले ३५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.