
काठमाडौं । आईसीसी महिला टी २० विश्वकप एसिया छनोटअन्तर्गत बिहीबार (आज) नेपालले बहराइनको सामना गर्दै छ ।
थाइल्यान्डमा दिउँसो साढे १२ बजेदेखि हुने खेलमा नेपाल बहराइनविरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रने छ । यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा छ ।
बहराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रने छ ।
नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो ।
नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया कतार र युएई छनोट खेलमा सहभागी छन् ।



















