सामाजिक सुरक्षा भत्ताबारे रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ४, आइतबार २१:३०

काठमाडौं । सामाजिक सुरक्षा भत्ता वितरणको विषयमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । देशको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै दायर गरिएको रिटमा अग्राधिकारसहित कारण देखाऊ आदेश जारी भएको हो ।

अधिवक्ता विपना शर्माले दायर गरेको रिटमा न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आइतबार उक्त आदेश दिएको हो । हाल दिंदै आएको भत्ता पुनरवलोकन नगरिए नेपालको अर्थतन्त्रमा भार थपिँदै जाने दाबीसहित शर्माले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेकी थिइन् ।

न्यायाधीश सुवेदीको इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिएनन् । तर अग्राधिकार दिएर विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ ।

अबको १० वर्षसम्म वृद्ध भत्ताको उमेर ७० कायम राख्न समेत माग उनले सर्वाेच्च अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ । भत्ताको दुरुपयोग गर्न सोझै लाभग्राहीले मात्रै रकम पाउनुपर्ने अनि उनका नाममा सन्तान र अरु व्यक्तिले पाउने व्यवस्था हटाउनुपर्ने निवेदकको माग छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.