विश्वकप एसिया छनोटका लागि यूएईसँग खेल्दै नेपाल

Share this
628shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ५, सोमबार ०७:३५

काठमाडौं । नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्री को पहिलो खेलमा यूएईसँग खेल्दै छ ।

विश्वकपकाे ग्लाेबल छनोटमा पुग्नका लागि यो खेल जित्नै पर्ने दबाब छ । खेल विहान पौने ९ बजेदेखि तेरथाइ क्रिकेट मैदानमा सुरु हुनेछ ।

आइतबार बिहान भएको खेलमा थाइल्याण्डले यूएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा स्थान बनाइसकेको छ । अब नेपाल र यूएईमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

त्यसकारण सोमबार हुने नेपाल र यूएईबीचको खेल नै निर्णायक हुनेछ । आजको खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा छन् । नेपालले यूएईलाई हराएमा एक खेल अगावै ग्लोबल छनोट पुग्ने निश्चित हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.