
काठमाडौं । परराष्ट्र मन्त्रालयले राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि सर्वसाधारणसँग सुझाव माग गरेको छ ।
मन्त्रालयले सूचना प्रकाशित गर्दै सात दिनभित्र आफ्नो सुझाव उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको हो । परराष्ट्र मन्त्रालयले राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौता तयार गरेको छ ।
मन्त्रालयको सूचनामा भनिएको छ, ‘विधायन ऐन,२०८१ को दफा ६ को उपदफा २ बमोजिम उल्लिखित विध्यककोमस्यौला तथा सो विधेयक तर्जुमा गर्नुको कारण र त्यसले पार्ने प्रभाव सर्वसाधारणको रायका लगि प्रकाशन गरिएको हुँदा संलग्न ढाँचाका आधारमा सात दिनभित्र आफ्नो राय प्रतिक्रिया उपलब्ध गराइदिनुहुन सम्पूर्ण सर्वसाधारण समक्ष अनुरोध छ ।’

























