आलमलाई सफाइ : न्यायाधीशमाथि छानबिनको माग गर्दै उजुरी

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १६, शुक्रबार १३:३०

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिनको माग गर्दै युवराज सफलले शुक्रबार न्याय परिषद्‍मा उजुरी दिएका छन् । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले केही दिनअघि कर्तव्य ज्यान मुद्दामा आलमलाई सफाइ दिने फैसला गरेको थियो । सो फैसला सुनाउन न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन संलग्न थिए ।

तर, सफलले उक्त फैसलामाथि न्यायिक परीक्षण गर्न माग गरेका छन् । उनले पीडितलाई न्याय दिने जिल्ला अदालतको ऐतिहासिक आदेश उल्टाएर पीडित, साक्षी र प्रत्यक्षदर्शीहरूको सुरक्षामा समेत गम्भीर खतरा उत्पन्न भएको दाबी गरेका छन् । उजुरीमा उनले उच्च अदालतको संयुक्त इजलासका न्यायाधीशद्वय थारु र महर्जनले आलमलाई सफाइ दिने गरी गरेको फैसलाले पीडितलाई अन्याय पुर्‍याएको र अब न्यायिक प्रक्रियामै अवरोध सिर्जना भएको उल्लेख गरेका छन् ।

जिल्ला अदालत र उच्च अदालत दुवै तहमा भएका आदेश र मिसिल झिकाएर न्यायिक परीक्षण गर्नुपर्ने र सम्बन्धित न्यायाधीशद्वयलाई तत्काल निलम्बन गरी विभागीय छानबिनको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।

उनको मागअनुसार, आलमलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत र त्यसलाई उल्टाउने उच्च अदालतका आदेशहरूको विस्तृत अध्ययन गरी न्याय परिषद्ले आवश्यक निर्णय लिनुपर्ने उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.