सापकोटाविरूद्धको कर्तव्य ज्यान मुद्दा: दीक्षितको दाबी पुगेन, प्रहरीलाई अनुसन्धान गर्ने बाटाे खुला

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १८:२७

विराटनगर । द्वन्द्वकालिन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख अग्नि सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दामा उत्प्रेषणा आदेश जारी गरेको छ । काभ्रेका अर्जुन लामाको हत्याकाण्ड अनुसन्धानका लागि अदालतले उत्प्रेषणा आदेश जारी गरेको हो ।

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासको आदेशसँगै प्रहरीलाई अनुसन्धानको बाटो खुलेको छ ।

सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए ।

अर्जुन लामा हत्या प्रकरणमा सापकोटाको संलग्नता रहेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर गरेकी थिइन् । त्यसबेला उनी सञ्चार मन्त्री थिए । सापकोटाको दाबी भने द्वन्द्वकालीन मुद्दाको अनुसन्धान प्रहरीले गर्न नपाउने थियो ।

सर्वाेच्चले सुशील प्याकुरेलसहितले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको छ । अदालतको अवहेलना गरेको भन्दै सापकोटाले कनकमणि दीक्षित विरुद्ध दायर गरेको रिटमा मागदाबी नपुग्ने आदेश गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.