निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार ११:३१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत आइतबार जारी गरेको निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

राजवादीहरुको आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर बाहेक अन्त्य प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो ।

त्यसविरुद्ध राजावादीहरुको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल (भद्रप्रसाद नेपाल) ले रिट दायर गर्न खोजेका थिए । तर रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको हो ।

अदालतले उक्त रिट दरपिठ गरिदिएको उल्लेख गर्दै नेपालले त्यसविरुद्ध निवेदन लिएर पुनः सर्वोच्च अदालत जाने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.