सापकोटा विरुद्धको मुद्दामा सर्वोच्चबाट आदेशको पूर्ण पाठ पर्खँदै माओवादी

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार १२:०२

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेता अग्नि सापकोटा विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशको पूर्ण पाठ आएपछि त्यसबारे आधिकारिक धारणा बनाउने भएको छ । आज (बिहीबार) बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सर्वोच्चको उक्त आदेशप्रति असन्तुष्टि समेत जनाएको छ ।

बैठकपछि उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि सापकोटाले यसबारे पार्टीको आधिकारिक धारणा पूर्ण पाठ आएपछि मात्रै बन्ने बताए ।

‘यसबारे धेरै छलफल गर्नुपर्ने अवस्था छैन, जब पूर्ण पाठ आउँछ त्यसको अध्ययन हुन्छ । अनि पार्टीको आधिकारिक धारणा बन्छ’, सापकोटाको भनाइ छ ।

सर्वोच्च अदालतले पूर्व सभामुखसमेत रहेका माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको थियो ।

उक्त आदेशका बारेमा भएको माओवादी बैठकमा शान्ति प्रक्रियालाई गिजोल्न सक्नेतर्फ सचेत हुनुपर्नेमा नेताहरूले धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.