रविन्द्र र धवल सम्पर्कमा नआएपछि जिम्मा लिने ३ जनालाई जरिवाना

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ २२, बिहीबार १३:५७

काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवल शमशेर सम्पर्कविहीन भएका छन् ।

उनलाई जिम्मा जमानीमा लिने कानुन व्यवसायी र स्वकीय सचिवले काठमाडौँ जिल्ला अदालतमा बयानका लागि उपस्थित नगराएका हुन् । जिम्मा जमानीमा लिने मिश्रका कानुन व्यवसायीहरू वसन्त ब्लोन र श्यामबहादुर शाही तथा शमशेरका स्वकीय सचिव उमेश विष्टलाई जनही २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय प्रहरीले गरेको छ ।

Advertisement

जिम्मा जमानीमा लानेलाई जनही २५ हजार रुपैयाँ तिराउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता एसपी अपिल बोहराले बताए । तीनकुने घटनामा संलग्न आरोपमा मुद्दा दायर भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ५० जनाको काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.