
विराटनगर । नेपालले हङकङसँग गोलरहित बराबरी खेलेको छ । कोनपोस्थित हङकङ नेसनल स्टेडियममा भएको खेलमा गोलरहित बराबरी खेलेका हुन् ।
नेपालले एएफसी एसियन कप छनोटको तयारी स्वरुप हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
नेपालले ३७ वर्षपछि हङकङविरुद्ध खेलेको हो । सन् १९८८ को एएफसी एसियन कप छनोटअन्तर्गत भएको उक्त खेल पनि गोलरहित बराबरीमा सकिएको थियो ।



















