
काठमाडौं । आइसिसी विश्वकप लिग– २ को खेलमा स्टकल्यान्डले नेपाललाई ३२४ रनको लक्ष्य दिएको छ ।
स्कटल्यान्डमा जारी नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीले ६ विकेटको क्षतिमा ३२३ रन बनायो ।
घरेलु टोलीका लागि कप्तान रिची बेरिङटन र माइकल लिस्कले उत्कृष्टले छैटौं विकेटका लागि १२५ रनको साझेदारी गरे ।बेरिङटनले शतक प्रहार गरे ।
उनी १०२ रन बनाएर रनआउट भए । लिस्कले नटआउट ९६ रनमा नटआउट रहे । ओपनिङ ब्याटर चार्ली टियर ६८ रनमा आउट भए । नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए ।



















