सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि छलफल

Share this
819shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २७, मंगलबार १५:४२

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिको तयारीमा जुटेका छन् । आज (मंगलबार) प्रधानन्यायाधीश राउत र न्याय परिषद्की सदस्य न्यायाधीश सपना प्रधान मल्ल छलफलमा जुटेका छन् ।

उनीहरु दुवै इजलासमा नबसी न्यायाधीश नियुक्तिको विषयमा अनौपचारिक छलफलमा जुटेका हुन् । अनौपचारिक छलफलपछि औपचारिक बैठकको तयारी रहेको न्याय परिषद् स्रोतले जनाएको छ ।

सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेकोमा ४ न्यायाधीश रिक्त छन् । २०८१ कात्तिक ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट नृपध्वज निरौला र नित्यानन्द पाण्डे न्यायाधीश नियुक्त भएकोमा त्यसयता पटकपटक बैठक बसे पनि सिफारिस हुन सकेको छैन ।

न्याय परिषद्का ५ मध्ये १ सदस्य रामप्रसाद भण्डारीको आगामी असार ९ गते कार्यकाल सकिँदै छ । त्यसअगावै सर्वोच्चसहित जिल्ला र उच्चका न्यायाधीश नियुक्तिको तयारी छ ।

सर्वोच्चसहित जिल्ला र उच्चमा हाल ३३ न्यायाधीश रिक्त छन् । सर्वोच्चमा १ इजलास थपिने गरी तत्काल २ जना न्यायाधीश भए पनि नियुक्त गर्ने मनस्थितिमा प्रधानन्यायाधीश छन् । परिषद्मा सहमति जुट्न नसक्दा नियुक्तिका लागि सिफारिस हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.