गर्मीका कारण विराटनगरका विद्यालय ३ दिन बन्द गरिने

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २७, मंगलबार १९:१५

विराटनगर । गर्मी अत्यधिक बढेपछि विराटनगर महानगरपालिकाले ३ दिनसम्म विद्यालय बिदा गर्न अनुरोध गरेको छ ।

गर्मी बढेकाले पठनपाठनमा असर पर्ने भन्दै भोलि बुधबारदेखि ३ दिन बिदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले जेठ २८ देखि ३० गतेसम्म पठनपाठन बन्द गराउन विद्यालयहरुलाई निर्देशन दिएका छन् ।

ढुंगेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा पठन पाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको तथा बालबालिकाको स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठनपाठन मिति २०८२–०२–२८ देखि २०८२–०२–३० गतेसम्म बन्द गर्न गराउन जानकारी गराइन्छ ।’

विद्यालयहरुलाई पठाएको पत्रमा थप भनिएको छ, ‘साथै यस अवधिमा तापक्रममा गिरावट आएमा वा वर्षात भइ विद्यालय सञचालन गर्न अनुकूल भएमा विद्यालयको नियमित पठनपाठनको व्यवस्था विद्यालयबाट मिलाउन हुन समेत अनुरोध छ ।’

उफ् गर्मी !

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.