सुनको मूल्य तोलामा १६ सयले वृद्धि

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २९, बिहीबार ११:०९
सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा १ हजार ६०० ले वृद्धि भएको छ । चाँदीमा १५ ले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल १ लाख ९२ हजार ९०० कायम भएको छ भने १ तोला चाँदी १ हजार १५० मा कारोबार भइरहेको छ ।

गत मंलबार १ तोला सुन १ लाख ९० हजार तथा सोही परिमाणको चाँदी २ हजार १६५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.