कोशीका व्यवसाय विकास परामर्शदातालाई प्रशिक्षण

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार १५:४४

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाको सहकार्यमा आयोजित स्थानीय व्यवसाय विकास परामर्शदाताहरूको क्षमता विकास तालिम कार्यक्रमको समापन गरिएको छ ।

आज (शुक्रबार) समापन गरिएको तालिममा साना मझौला उद्योगहरूको व्यवसाय प्रवर्धनमा व्यवसाय परामर्शदाताहरूको भूमिका, व्यावसायिक योजना तयारी, लोन एप्लिकेसन, व्यावसायिक योजनाहरूको अभ्यास, सञ्चार समन्वय, इथिकल स्ट्यान्डर्ड, जेन्डर र सोसियल इन्क्लुजन, तथ्याङ्क सङ्कलन ,नतिजा मापन, विषय समावेश गरिएको थियो ।

त्यस अवसरमा उदय परियोजना र यसको कार्यक्षेत्रबारे पनि सहभागीहरूलाई जानकारी गराइएको थियो ।

‎समापन कार्यक्रममा तालिममा सहभागी कन्काई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौंलाले व्यावसायिक विकास परामर्श तालिमबाट दूरदराजमा रहेका उद्यमी व्यवसायीहरुलाई विशेष गरेर साना तथा मझौला उद्योगी व्यवसायीहरूको व्यवसाय विस्तारमा परामर्श दिन सकिने बताए ।

खोटाङ उद्योग वाणिज्य संघबाट सहभागी मदमबहादुर तामाङले तालिमबाट आफूले व्यावसायिक योजना बनाउन सिकेको बताए ।

यस्तै, धनकुटा उद्योग वाणिज्य संघबाट सहभागी साङ्गहेन्मा राईले महिला उद्यमीहरूले सञ्चालन गरेका उद्यम व्यवसायीहरूलाई प्रवद्र्धन गर्न यो तालिमले सहयोग पुगेको र अबदेखि यस कार्यमा आफु सक्रिय हुने उल्लेख गरे ।

महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले जिल्ला नगर उद्योग वाणिज्य संघहरूको क्षमता विकास गर्न महासंघ कोशी क्रियाशील रहेको बताए ।

समापन समारोहमा उदय परियोजनाका बिडिएस लिड विष्णु काफ्लेले व्यवसाय विकास परामर्श सेवाको तालिमले कोशी प्रदेशका साना तथा मझौला उद्योग व्यवसायलाई प्रवद्र्धन सहजता थप्ने विश्वास व्यक्त गरे ।

तालिम कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला, नगर उद्योग वाणिज्य संघका ३० जनाको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.