प्रचण्ड कप महिला भलिबलको उपाधि एपीएफलाई 

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३१, शनिबार १९:३४

पोखरा । विभागीय टोली सशस्त्र प्रहरी बलको ( एपीएफ क्लब ) पोखरामा भएको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित कभर्ड हलमा भएको फाइनलमा खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

पोखरामै २ साताअघि भएको ९ औँ पीएम कप एनभीए भलिबल लिगमा कमजोर प्रदर्शन गरेको एपीएफले यस पटक राम्रो प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो ।

एपीएफले एनभीएको फाइनल खेलेका २ टोली पुलिस र टिप टप न्यु डायमन्ड स्पोर्ट्स क्लब दुवैलाई हराउँदै च्याम्पियन बनेको छ।
त्यस्तै, न्यु डायमन्ड प्रतियोगितामा तेस्रो भएको छ।

एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा हराउँदै न्यु डायमन्ड तेस्रो भएको हो। ५ दिनसम्म भएको प्रतियोगितामा ६ टोलीको सहभागिता थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.