सात प्रदेशको बजेट आज

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार ०६:५५

विराटनगर । नेपालका ७ वटा प्रदेश सरकारहरुले आज आर्थिक वर्ष २०८२–८३ कोबजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्न लागेका हुन् ।

केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब २४ करोड ३५ लाखको बजेट ल्याएको थियो । यो पटक ३७ अर्ब हाराहारीको बजेट ल्याउनेछ । आज दिउँसाे ३ बजे बस्ने बैठकमा बजेट प्रस्तुत हुनेछ ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो । आज साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

बागमती प्रदेशले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा बागमतीले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो ।

मधेश प्रदेशले आर्थिक वर्ष २०८१–८२ मा ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख र लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.