
विराटनगर । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको अध्यक्षमा सञ्जीव सिग्देल चयन भएका छन् । शुक्रबार साँझ सम्पन्न २१ औं अधिवेशनबाट अध्यक्ष चयन भएका हुन् ।
मञ्चको वरिष्ठ उपाध्यक्षमा रोमन कट्टेल, उपाध्यक्षमा रितेश खनाल र लर्निङ चेयरमा सागर ढुङ्गाना चयन भएका छन् ।
समितिको सदस्यमा संयम श्रेष्ठ, आरनेस श्रेष्ठ, उत्कृष्ट भट्टराई, अंकिता गिरी, अभिषेक केडिया, अनुभव दाहाल र अभिषेक अग्रवाल चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष सिग्देलले राम्रा कामलाई निरन्तरता दिएर आफ्नो कार्यकालमा अझ राम्रा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । सिग्देल दुई महिना अघि मात्र विराटनगर ट्रक व्यवसायी संघको अध्यक्ष निर्वाचित भएका थिए ।

























